Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेपालमा कोरोना संक्रमितको सङ्ख्या १७ हजार ६१ पुग्यो


काठमाडौ : नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ११६ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका सङ्क्रमित सङ्ख्या १७ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट ११६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ ।
चौबीस घण्टामा चार हजार ३६१ जनाको कोरोनाभाइरसका परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हाल क्वारेन्टाइनमा २४ हजार ७१६ जना सङ्क्रमित छन् । आइसोलेसनमा छ हजार ६९५ जना छन् ।