Loading... आजः मङ्लबार, मंसिर १८, २०८१
Trending

जुम्लामा जिल्लामा पनि पुग्यो सलह

जुम्ला : जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो । पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलहको झुण्डह प्रवेश गरेको भेटिएको स्थानीय बताउँछन् । त्यहाँको पेरे र तल्फी गाउँको बीचमा रहेको मकै वारीमा सलह कीरा भेटिएको गाउँपालिकाको कृषि शाखा संयोजक रुपक बुढाले जानकारी दिए । उनका अनुसार किसानले खबर गरेपछि फिल्डमा अध्ययन गरेर फर्किएका उहाँले जानकारी दिए।
सुरुसुरुमा छिटफुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय बताउँछन् । आलु र मकै बारीमा प्रवेश गरेर ठूलो नोक्सान गरेको किसानको गुनासो छ । सलह भगाउन बाजा बजाउने, मान्छे कराउने गरेका छौं तर भागेका छैनन् स्थानीय गोरबहादुर रावतले जानकारी दिए ।
यता पातारासी गाउँपालिकामा सलहको झुण्ड प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ ।
किसानले ठूलो आवाज निकाल्ने, धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास भइरहेको छ । सानो क्षेत्रमा गरिएको खेतीमा झुल वा जालीले छोपेर बालीनाली बचाउने, एसडि प्रयोग गर्ने, लसुन पानी उमालेर छर्ने र जैविक विषादीको प्रयोग गरी सलहको नियन्तत्रण गर्न सकिने कृषि विकास शाखा कार्यालय पातारासीले जानकारी दिएको छ ।
ठूलो मात्रामा सलह प्रवेश गरेकोले जुम्लाको स्याउ, मकै, उवा गहुँ लगायतका रैथाने बालीमा क्षति पुग्ने डर भएको छ । सलहले मकैबाली सखाप पार्न थालेपछि भोकमरी हुन सक्ने भन्दै किसान आत्तिन थालेका छन् । यो फट्याङ्ग्रा जस्तो हुदो रहेछ प्रत्यक्ष तल्फि र पेरेमा आएको कृषि शाखा प्रमुख बुढाले बताए ।
जानकारहरुका अनुसार सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति र्पुयाउन सक्ने विज्ञहरु बताउदै आएका छन् । स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारीले यसले नेपालमा खास क्षेति पुरयाएको देखिदैन । तर सलह हो वा के हेर्न फिल्डमा गएर मात्रै थाहाँ हुने उहाँले बताए ।