Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सुर्खेतका व्यापारीहरूद्वारा चरणवद्ध आन्दोलनको घोषणा

सुर्खेत : सुर्खेतका अटोमोबाइल व्यवसायी लक्ष्मण कँडेललाई सरकारले लकडाउन केही खुल्ला बनाएदेखि बैंकबाट लिएको ऋणको किस्ता तिर्न तारन्तार फोन आइरहेको छ । दैनिक २० देखि ३० पटकसम्म बैंकबाट फोन आइरहेको छ । सुर्खेत उद्योग बाणिज्य संघका महासचिवसमेत रहनुभएका कँडेलले भने लकडाउनका कारण व्यवसाय ठप्प छ, बैंकले किस्ता तिर्न फोन हानिरहेको छ, यस्तो बेला कसरी तिर्ने ।
अर्का व्यवसायी हर्षविक्रम खड्काले व्यापार व्यवसाय ठप्प भएको बेला बैंकहरुले किस्ता तिर्न फोन गरिरहँदा तनाव झेल्नुपरेको गुनासो गरे उनले अरु बेला बैंकलाई समयमा किस्ता तिरिरहेपनि लकडाउनमा व्यवसाय व्यापार ठप्प हुँदा कसरी तिर्ने भन्ने चिन्ता लागेको बताए । सुर्खेत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्षसमेत रहेका उनले व्यवसायीहरुलाई कम्तीमा पाँच÷छ महिनाको समय दिनुपर्ने माग गरे ।
कोरोना महामारीबाट आक्रान्त भएर व्यापार व्यवसाय नै ठप्प भएको बेला न्यूनतम मानवीयताको समेत ख्याल नगरी बैंकले व्याज र किस्ता बुझाउन बारम्बार दवाव दिनुले व्यवसायीहरु दुःखी भएको उनको भनाइ छ । उनले निजी क्षेत्रको मागहरुलाई सम्बोधन गर्न आग्रह गरेका छन । व्यवसायीहरुलाई परेको समस्यावारे राज्यका निकायको ध्यानाकर्षण गराउन सुर्खेत उद्योग बाणिज्य संघले उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरेको छ ।
समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । जस अनुसार आज आइतवार दिउँसो विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुगेर मागपत्र बुझाइ एक घन्टा धर्ना दिइनेछ । संयोजक बस्नेतले त्यसपछि थप अर्को चरणको आन्दोलन घोषणा गर्ने बताए सरकारले निजी क्षेत्रलाई राहतका प्याकेज दिनुपर्नेमा उल्टै निचोरेको आरोप लगाउँदै उहाँले व्यवसायीहरुको माग सम्बोधन गर्न आग्रह गरे ।