Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

बिहिवार थप ४७३ जनामा कोरोना संक्रमण


काठमाडौ :  बिहीबार देशभर ४७३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा चार हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। यससँगै देशभर कुल १४ हजार ५१९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा १०९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जना संक्रमित थपिएका छन्। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ। हाल सम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परिक्षण भएको छ। देशभर रहेका विभिन्न क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना व्यक्ति रहेका छन्। यस्तै आइसोलेसना १० हजार १ सय ३७ जना संक्रमितहरु उपचाररत रहेका छन्। पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन्। हाल सम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ। सरकारले पीसीआर परीक्षणलाई बढाउन थप २ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ। यससँगै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुने छ।
कुन प्रदेशमा कति
हालसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा ३ हजार ९ सय ९ जना, बागमती प्रदेशमा ५ सय ५ जना, गण्डकी प्रदेशमा १ हजार ८४ जना, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ जना र सुदूरपश्चिम प्रदेशमा ३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ।