Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

निमित्त कार्यालय प्रमुख सहित चार जना अख्तियार नियन्त्रणमा


दैलेख :  खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्ललाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको र सव इन्जिनियर वीरेन्द्र चन्दलाई खटिएको कार्यस्थलबाट नियन्त्रण लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अख्तियारले जारी गरेको विज्ञप्तिअनुसार सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले निज निमित्त कायार्मलय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ललाई कार्यालय परिसरबाट र सव( इन्जिनियर ) विरेन्द्र चन्दलाई खटिगइको कार्यस्थलबाट नियन्त्रणमा लिएको जनाएको छ।

खानतलासीपश्चात निमित्त कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्लको आवासबाट दुई लाख इकचालिस हजार सोह्र रुपैयाँ नगद बरामद गरी अनुसन्धानको सिलसिलामा सव(इन्जजिनियर) रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे सहित ४ जनालाई असार १६ गते गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

akhtiyar