Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

दैलेखमा थालियो पीसिआर परीक्षण


कमल शर्मा  :  दैलेखमा आइतबार देखी पीसिआर परीक्षण सुरु गरिएको छ । राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी व्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब सङ्कलन गरे संगै पशु सेवा अस्पतालमा निर्माण गरिएको कोरोना परीक्षण प्रयोगशालामा उक्त परीक्षण सुरु गरिएको हो ।

प्रयोगशालाका इन्र्चाज संकर शाहीले आइतबार बाट स्वाब संकलन गरेर प्रयोगमा ल्याएर परीक्षण सुरु गरेको बताए । उनले सरकारले कोरोना परीक्षणको आधिकारीक पुष्टि गर्ने प्रयोगशाला नेपालगञ्ज तोकेका कारण भेरी अञ्चल अस्पताल नेपालगञ्ज प्रयोगशालाको गुणस्तर मापन गर्न बाट भेरी अञ्चल अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा र ल्याव इन्चार्ज सुलभ आर्चायको टोली दैलेखमा आएको बताए । उनका अनुसार दैलेखको प्रयोगशालामा परीक्षण गरिएको स्वाव पुन परीक्षणका लागि नेपालगज्ञ पठाउनु पर्ने भए पनि भेरी अञ्चल अस्पताल नेपालगन्जको टोली दैलेख आएका कारण अव स्वाब पुन परीक्षणका लागि नेपालगञ्ज पठाउनु नपर्ने बताए उनले भने आइतबार ८ जनाको स्वाब संकलन गरेर परीक्षण सुरु गरेका छौ त्यो रिर्पोट आएपछि आइसोलेसनमा बसेका बिरामीहरूको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी गरेका छौ । कोरोना परीक्षण प्रयोगशालामा तीन सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छौ ।

निर्वाचन क्षेत्र नः १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत दैलेख बजार देखी महावु कालिकोट सडक खण्ड निर्माणका लागि ५ करोड ९४ लाख ६० हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । उक्त सडक निर्माणका लागि नारायण नगरपालिकाबाट भएको टेन्डर प्रक्रियाबाट घटाघट हुँदा एक करोड ८ लाख, ८४ हजार ४ सय ४१ रुपैयाँ बचेको र सोही रकमबाट मेसिन खरिद गरिएको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले बताए । उनले झन्डै एक करोड ६ लाख लागतमा मेसिन खरिद गरिएको जानकारी दिए ।
पीसीआर ल्याब प्रयोगशाला स्थापनाका लागि पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयबाट बजेट व्यवस्थापन गरिएको हो । कार्यालयबाट चालु आर्थिक वर्षमा सञ्चालित योजना र कर्मचारीको तलब भत्ताबाट बचेको रकम समानान्तर गरेर भवन निर्माण गरिएको कार्यालयका निमित्त प्रमुख भीमबहादुर विष्टले बताए । विष्टका अनुसार २१ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । दैलेखमा प्रतिनिधि सभा सांसदले खर्च गर्ने पाउने निर्वाचन स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम बाट मेसिन खरिद गरिएको छ भने प्रदेश सांसदले खर्च गर्न पाउने रकम बाट आइसोलेसन अस्पताल निर्माण गरिएको छ ।