Loading... आजः आइतवार, अशोज १०, २०७८
Trending

स्वास्थ्य सामाग्री वितरण गर्दै हर्क बहादुर शाहि स्मृती फाउडेशन

दैलेख :  हर्क बहादुर शाहि स्मृती फाउडेशन दैलेख र नेकपा क्रांतिकारी माओबादी दैलेखको सयुक्त आयोजनामा जिल्लाका आठ वटा स्थानिय तहमा स्वास्थ्य सामाग्री र खाद्यान्न सामाग्री वितरण गरिएको छ । दैलेखका कम्युनिस्ट आन्दोलनका पुर्व नेताको सम्झनामा खोलिएको हर्क बहादुर शाहि स्मृती फाउडेशनले दैलेख जिल्लाका ११ स्थानीय तहमा १६ लाख बराबरको स्वास्थ्य सामाग्री र खाध्य सामाग्री वितरण गरीएको छ

नेकपा क्रांतिकारीका केन्द्रिय सदस्य एवम हर्क बहादुर शाहि स्मृती फाउडेशन दैलेखका अध्यक्ष दिपक शाहिले कोरोना महामारीमा स्थानीय तहलाई सानो भएपछि सहयोग पुगोस भन्ने उद्देश्यले सामाग्री वितरण गरेको बताए । उनले सेनिटाइजर, मास्क, डाक्टर सेप्टिकिट, भिटामिन,पिपिइ इमिनिटि पावर वढाउने औषधि ,र खाध्य सामाग्री अन्र्तगत दाल चामाल लगायत दैनिक उपभोग गर्न सामाग्री बितरण गरीएको जानकारी दिए ।

error: Content is protected !!