Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

नारायण नगरले ग¥यो उत्कृष्ट तीन कर्मचारीलाई सम्मान

दैलेख  : नारायण नगरपालिकामा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्ने नगरपालिकाको नीति बमोजीम तीन जना कर्मचारीलाई सम्मान गरिएको छ । नारायण नगरपालिकाको छैठौँ नगर सभामा तीन जना कर्मचारीलाई सम्मान गरिएको । सम्मानीत हुनेमा अधिकृत स्तर बाट लालबहादुर खड्का,साहयक स्तर सुब्वा इन्द्रबहादुर थापा र कार्यालय सहयोगि खम्बसिं दैलेखी रहेका छन । उनीहरुलाई नगरपालिकाले नगद २५ हजार र सम्मान पत्रले सम्मानीत गरिएको नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले बताए । उनले नगरपालिकाले सम्मान गर्नका लागि अधिकृत स्तरको १ जना,साहयक स्तरको १ जना र कार्यालय सहयोगि बाट एक जना पुरस्कृत गर्ने योजना यसस अघिका नगर सभा बाट पारित भएर बल्ल कार्यान्वयन भएको बताए ।
सम्मानीत भएका स्वास्थ्य अधिकृत लाल बहादुर खड्काले नगरपालिकाले आफ्नो कामको मुल्याङकन गरी सम्मान गरेकोमा धन्यबाद दिएका छन । उनले अझै उत्साहीत भएर नगरपालिकाको स्वास्थ्य र विकास निर्माणका काममा आप्नो योगदान दिने बताए ।

error: Content is protected !!