Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

आइसोलेसन अस्पताल र पिसिआर मेसिनको उद्दघाटन


दैलेख :  नारायण नगरपालिका वडा ८ तर्ताङमा निर्माण भएको आइसोलेसन अस्पतालको उद्दघाटन गरिएको छ । संघिय सरकारका स्वास्थ्य तथा जनसख्यामन्त्री नवराज रावतले उक्त आइसोलेसन भवनको उद्दघाटन गरेका हुन । कर्णाली प्रदेशको दैलेखमा कोरोना महामारीको रुपमा फैलिन थालेपछि कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापाले कर्णाली प्रदेश सरकारलाई चुनौति दिदै ५१ शय्याको अस्पताल १५ दिनमा निर्माण घोषणा गरेका थिए । उनले प्रदेश सभामा पटक पटक दैलेखको समस्या राख्दा सरकारले नसुनेपछि आफ्ुले खर्च गर्न पाउँने रकम बाट आइसोलेसन अस्पताल निर्माण गर्ने र सरकारलाई चुनौती दिने बताएका थिए ।
दैलेखमा कोरोेना भाइरस संक्रमण बढ्दै जानु र प्रदेश सभा सदस्यले आइसोलेसन अस्पताल निर्माण गर्न सुरु गरेपछि संघिय सांसद रबिन्द्र शर्माले प्रतिनिधि सभामा दैलेखका विषयमा सरकारलाई गम्भिर हुन आग्रग गरेका थिए । काठमाडौ प्रत्येके नेतालाई भेटेर दैलेखमा पिसिआर परीक्षणका लागि आवश्यक पर्ने उपकरण लगायत चिकित्सकको टोली पठाउन माग गरेपनि सरकारले तत्काल उपलब्ध गराउँन नसक्ने भएपछि प्रत्यक्ष निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्र गर्ने स्थानिय पुर्बधार विकास कार्यक्रम मार्फत १ करोड ८ लाख रुपैया मेसिन खरिद गर्ने निर्णय गरेका थिए । मेसिन खरिद गरेर दैलेख ल्याए संगै संघिय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले उद्दघाटन गरेका हुन । उद्दघाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री नवराज रावतले दैलेखका जनताको स्वास्थ्य प्रति सम्बेदन शिल भएर सरकार लागेको बताए । उनले दैलेखका नागरिकले अव कोरोना परीक्षण रिर्पोट कुरेर बस्नु पर्ने अबस्थाको अन्त्य भएको बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य रबिन्द्र शर्मा, प्रदेश सांसद अम्मर बहादुर थापा, अस्पताल विकास समितिका अध्यक्ष लोमन शर्मा,मध्यपश्चिमा विश्वविद्यालयका उपकुलपति नन्द बहादुर सिह लगायतले मन्तब्य राखेका थिए ।

error: Content is protected !!