Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

थप ६२९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौं  : नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमिततको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बुधबार ६२९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ९३ हजार एक सय ९४ र आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको नुमना परीक्षण भएको छ । कोरोना जित्नेको संख्या भने दुई हजार तीन सय ३८ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये पुरुष दुई हजार एक सय ४१ छन् भने महिला १९७ छन् । बुधबार मात्र ११४ जना डिस्चार्ज भएका छन् ।