Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

विदेशी बुहारीलाई सिन्दुरसँगै नागरिकताको पक्षमा काग्रेस

काठमाडौ :  विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रस्तावमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले फरक मत राख्‍ने भएको छ। नेकपाले अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै दिने प्रस्ताव संसदीय समितिमा गरेको अवस्थामा कांग्रेसले त्यसको विरोधमा फरक मत राख्‍ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने संसदहरूसँगको छलफलमा पुरानै अडानमा कायम रहने निर्णय कांग्रेसले गरेको हो। कांग्रेसले अहिलेको कानुनमा भएअनुसार विदेशी बुहारीलाई सिन्दुरसँगै नागरिकता नागरिकता दिनुपर्ने कुरा उठाउँदै आएको छ। यही विषयमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको कांग्रेसका सांसद तथा समितिका सदस्य दिलेन्द्र प्रसाद बडूले जानकारी दिए।