Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

४६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १२ सय ४५ पुग्यो

दैलेख :  कर्णाली प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार थप संक्रमितमा जाजरकोटका एक, दैलेखका १९ र सल्यानका २६ जना छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या १२ सय ४५ जना पुगेको छ।
संक्रमित हुनेमा जाजरकोटको बारेकोट गाउँपालिका ५ का १ जना छन्। यस्तै दैलेखको भैरवी गाउँपालिका १ का एक जना, वडा ४ का दुई जना, गुराँस गाउँपालिका ५ का एकजना, महावु गाउँपालिका २ का तीन जना, वडा ३ का चार जना, वडा ४ र ५ का एकएक जना, वडा ६ का दुई जना तथा नौमेले गाउँपालिका ५, नारायण नगरपालिका ३ र ८ का एकएक जना छन्।

त्यस्तै सल्यानको कुमाख गाउँपालिका ३ र ४ मा एकएक जना, वडा १ र ९ मा दुईदुई जना, वडा २ र ६ मा तीनतीन जना, बागचौर नगरपालिका वडा १२ मा चार जना, सिद्धकुमाख गाउँपालिका २ मा एक जना, वडा ४ मा दुई जना, त्रिवेणी गाउँपालिका १, २, ३ मा एकएक जना, त्रिवेणीकै वडा ६ र कालिकामाटी गाउँपालिका ५ मा दुईदुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

error: Content is protected !!