Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कोरोना संक्रमण बाट मृत्यु भएका एक लाख राहत दिइने


सुर्खेत : प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पेश गरेका छन् । कोरोनाबाट कसैको कर्णालीमा मृत्यू भएमा एक लाख राहत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कोरोना विरुद्धको लडाईमा जनचेतना जगाउन कालागि स्वास्थ्य स्वंयसेविकालाई खटाइने भएको छ । उनीहरुलाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको छु । यसकालागि चार करोड विनियोजन गरिएको मन्त्री ज्वालाले भने । कोभिड १९ लाइ परास्त गर्न खटे्का सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको एक सय प्रतिशत तथा सफाईकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताए । एक अर्ब पचास करोड ५८ लाखको कोभिड कोष परिचालन गरिने छन्त्री ज्वालाको भनाइ छ ।