Loading... आजः शनिबार, साउन ५, २०८१
Trending

दैलेखमा कोरोना संक्रमितको संख्या ५३८ पुग्यो

दैलखका थप ३७ जनामा कोरोना संक्रमण

दैलेख   : आइतवार दैलेखको नौमुले गाउँपालिका र नारायण नगरपालिकाका गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा नारायण नगरपालिका वडा २ जना र प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखमा ३७ जना मध्ये प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा नौमुले गाउँपालिका वडा नं १ मा १८,१८,१८,२०,२०,२२,२३,२३,२४,२६,२६,२८,२८ वर्षीय पुरुष वडा नः २ मा १८,१९,२२ बर्षीय पुरुष वडा न ः ३ मा १६,१७,२८ वर्षीय पुरुष,वडा नः ५ मा १९,२२ बर्षीय पुरुष वडा नः ६ मा २२,२३ बर्षीय पुरुष वडा नः ७ मा १८,२२,२२,२३३५,३५ बर्षीय पुरुषमा वडा नः ८ मा १८,२०,२१,३१ वर्षीय पुरुष र २० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पिसिआर परीक्षणमा दैलेखको नारायण नगरपालिका वडा न ः २ का २०,२३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै दैलेखमा कोरोना संक्रमणको सख्या ५ सय ३८ पुगेको छ ।