Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कोलम्बसको सालिकको टाउको चुडाएर फालियो

एजेन्सी : अमेरिकामा रंगभेदविरुद्ध भइरहेको प्रदर्शन झन् झन् उग्र बन्दै गएको छ। अमेरिकामा रंगभेदी इतिहासको निशान मेटाउने नारा लाग्‍न थालेका छन्। प्रदर्शनकारीले उपनिवेशवाद र अश्‍वेतलाई गुलाम बनाउन बाध्य पार्ने कामको समर्थन गर्ने भन्दै गोरा जातिका व्यक्तिहरुको सालिक हटाउने आवाज चर्को हुँदै गएको छ। यसैबीच बुधवार बोस्टन शहरमा प्रदर्शनकारी अमेरिका पत्ता लगाउनेु क्रिस्टोफर कोलम्बसको सालिकको शिर तोडिदिएका छन्।

अमेरिकामा कोलम्बसलाई उपनिवेशवाद सुरुवात गर्ने व्यक्ति मान्नेहरुको संख्या पनि उल्लेखनीय रुपमा रहेकोछ। प्राप्त खबर अनुसार बोस्टनका अलावा डाउनटाउन मायामीमा पनि कोलम्बसको एक मूर्ति तोडफोड गरिएको छ। भर्जिनियाको रिचमन्डमा पनि यसैसाता कोलम्बसको मूर्तिलाई एउटा तालमा फालिएको थियो।