Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

वडाअध्यक्ष माथी आक्रमण

दैलेख  : आइतवार साझ दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ११ स्थित क्‍वारेन्टाइनमा बसेकाहरूले वडाअध्यक्षमाथि आक्रमण गरेका छन्। स्थानीय भैरव प्राथमिक विद्यालयको क्‍वारेन्टाइनमा बसेका ६ जनाको टोलीले आफूमाथि कुटपिट गरेको वडाअध्यक्ष खगेन्द्र थापाले जानकारी दिएका छन्। चामल सकियो भन्दै फोन गरेर बोलाएर आफूमाथि नियोजितरुपमा हातपात भएको मथापाले बताए। ती युवाहरुको समूहले घटनाअघि आफूहरूलाई राम्रो चामलको ब्यवस्था नभएको गुनासो गरेका थापाले जानकारी दिए। थापाले यसको निश्पक्ष छानविन र दोषीलाई कारवाही माग गरेका छन्।