Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

गाउँ आफ्नै सुरमा छ,गाउँ लाई फुर्सद छैन

गाउँ आफ्नै सुरमा छ।अँगन छेउमै आएको कोरोनाको पनि खासै प्रवाह छैन।रेडियो वाट घण्टा घण्टामा प्रसारण हुने यति पोजेटिभ उति पोजेटिभ भन्ने समाचार सुन्ने फुर्सद पनि छैन।झमझम पानिको वर्षात पछि सर्वत्र छाएको हरियालि छ।खेतवारि हरिया छन।वनपाखा हरिया छन।हरियो पृथ्वी माथि आकाश रंगिन वादल वोकेर हिडिरको छ।आकाशले वेला वेला आफ्नो रंग फेरिरहन्छ।कहिले सिमलको भुवा जस्तो सेतो वादल वोकेर कतै दौडिरहेको हुन्छ।कहिले अलकत्रा पोखिए जस्तो कालो वादल वोकेर हतारमा कतै उडिरहेको हुन्छ।रंग फेरे जसरि वादलले आफ्नो आकृति पनि वेलावेलामा फेरिरहन्छ।कहिले एक हुल सेता भेडा चराईरहेको हुन्छ।कहिले हिमालको हिउँझै टल्किरहेको हुन्छ।कहिले कुनै वैरागिले हरियो डाँडामाथि लम्पसार परेर एक खिल्ली चुरोट उडाईरहेझै हुन्छ।साहेद वादलले पृथ्वी का विभिन्न गतिविधिहरुको तस्बिर उतारिरहन्छ।
यी सवै हेर्नलाई गाउँ लाई फुर्सद छैन।पानी परे लगतै वर्षे वालिको चटारो छ।शहर पनि लकडाउन र कर्फ्युले जेलिएको छ।घर भित्र चुकुल लगाएर सुतेको छ शहर।कम्प्युटर र मोबाइलको हरियो स्क्रिनमा शहर व्यस्त छ।कहिले झ्याप्प वत्ति जान्छ अनि शहरले झ्यालवाट वाहिय संसार नियाल्छ।शहरमा व्यापार व्यवसाय ठप्प छ।यातायात पनि ठप्प छ।मान्छेहरु जुम मिटिङ गर्छन।विध्यालयहरु अनलाइन कक्षा संचालन गर्दैछन।ईन्टरनेट र अहिलेको परिवेशले मान्छेको जिवनशैलिलाई आमुल परिवर्तन गरिदिएको छ।सडकहरु खालि छन ।मानिसहरु पनि छिटफुट रुपमा हिडेका छन।कुनै महायुद्द पछि शान्ति छाए जस्तो यत्रतत्र अनौठो शान्ति व्याप्त छ।मानिसहरु पाईला पाईलामा त्रसित छन।
केही समय पहिला यस्तो समय थियोे ।मुलुक ग्रिन जोनमा थियोे ।

अमेरिका युरोपमा कोरोनाको डढेलो दनदनि दन्किएको वेला दक्षिण एशिया तिर कतै झिल्को समेत परेको थिएन।उतरि मुलुक चिनवाट सल्किएको डढेलो युरोप अमेरिका हुँदै नेपालमा प्रवेश गर्ने जमर्को गर्दै थियो ।छिमेकि मुलुक भारतमा लकडाउनका विच कोरोना प्रवेश गरे संगै खुल्ला सिमाना भएको नेपाल पनि असुरक्षित हुने निश्चित थियोे ।भारतले स्वदेश फर्किन चाहने हरुका लागि लकडाउन भित्र यातायात सेवा सुचारु गरे संगै हजारौं संख्यामा भारतमा रहेका नेपालिहरु आफ्नो देश फर्किए।जसरि आँधिवेहरि ,असिना र हुरिवतास लाग्दा चराचुरुङ्गी हरु आफ्नो गँुढ तिर उडन पखेटा फटफटाउछन उसैगरि विश्वभरका मानिसहरु आफ्नो मुलुक फर्किन पखेटा फटफटाउदै लागे।तर यो कोरोनाको आँधिवेहरि विचमा मान्छेको यात्रा कष्टकर वनिदिएको छ।

कैयौं रात भोकभोकै सिमानामा अलपत्र परेर सार्वजनिक यातायातका साधनमा कोचा कोच गरेर असुरक्षित यात्रा गर्दै मानिसहरु गाउँ आई पुगेका छन।कसैकसै संग कोरोना साथि वनेर आएको छ।तीन तहका सरकारलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ।आफ्नै घर छेउमा मान्छे शरणार्थी जस्तो वनेको छ।क्वारेन्टाइन नामको पिजडामा कैदि जस्तो वनेर वस्नु पर्ने वाध्यता छ मान्छेलाई ।उता कोरोना मान्छेलाई पिजडामा थुनेर विश्व सयर गर्न निस्केको छ।