Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

दैलेखमा निर्माण सुरु भयो आइसुलेसन अस्पताल

दैलेख : दैलेखमा कोरोना भाइरस सङ्क्रमणका कारण सामान्य उपचार समेत नपाएर कोरोना सङ्क्रमित युवाको मृत्यु भएपछि दैलेख जिल्लाका १ र २ निर्वाचन क्षेत्रका प्रदेश सांसद द्वयको पहलमा ५०/५० शय्याको आइसुलेसन अस्पताल निर्माण सुरु गरिएको छ । निर्वाचन क्षेत्र न १ को लागि नारायण नगरपालिका वडा न ८भुप्रेसाल र निर्वाचन क्षेत्र न १ को दुूल्लु अस्पतालको आडमा ५० शय्याको अस्पताल निर्माण सुरु गरिएको हो ।
कर्णाली प्रदेशमा सबै भन्दा पहिला दैलेखमा कोरोना सङ्क्रमित भेटिनु र दैलेखमै कोरोना संक्रमितको हुनु र बढी कोरोना सङ्क्रमित भेटिदा समेत प्रदेश सरकार र सङ्घीय सरकारले कुनै वास्ता नगरेपछि सांसद द्वयको पहलमा आइसुलेसन अस्पताल निर्माण गर्न लागिएको उनीहरूले बताएका छन् । कर्णाली प्रदेश सभाको छौटौ बजेट अधिवेशनको बैठक चलिरहेको अस्बथामा बैठक छोडेर जिल्लाका नागरिकको अवस्था बुझ्न दैलेखका आएका सांसद द्वयले जिल्लाका नागरिकको अवस्था दर्दनाक देखेपछि दुई वटै निर्वाचन क्षेत्रका जनताको उपचारका लागि १५ दिन भित्र ५० शय्याको आइसुलेसन अस्पताल निर्माण गर्ने घोषणा गरे सँगै अस्पताल निर्माणका काम दुवै निर्वाचन क्षेत्रमा तीव्रताका साथ अगाडी बढेको छ ।
प्रदेश सभा सांसद अमर बहादुर थापाले दैलेख जिल्लाका नागरिक कोरोना सङ्क्रमण बाट तड्पिएको अवस्थामा प्रदेश सरकार र सङ्घीय सरकार बाट कुनै सहयोग उपलब्ध नभएपछि अर्को आर्थिक वर्षमा भुक्तानी दिन सकिने गरी अस्पताल सुरु गरेको बताए । उनले भने दैलेखमा कोरोनाको महामारी फैलिसक्यो तत्काल उपचार गर्ने अस्पतालको अभाव छ । सङ्क्रमित भएका व्यक्ति र नभएका एकै स्थानमा राख्नु पर्ने बाधयता हुँदा पनि सरकारमा बसेकाहरू ध्यान नपुगेपछि आफूहरूले उक्त अभियान सञ्चालन गरेको बताए ।
प्रदेश सरकार सँग आवश्यक बजेट माग्छौ सरकारले दिएन भने प्रदेश सांसदले खर्च गर्न पाउने रकम बाट आइसुलेसन अस्पताल अबको १० दिन भित्र निर्माण गर्ने तयारीका साथ काम भइरहेको थापाले बताए ।

दैलेख निर्वाचन क्षेत्र न २ प्रदेश क सांसद सुशील कुमार थापाले ५० शय्याको अस्पताल निर्माण १५ दिन भित्र निर्माण सक्ने र कोरोना परीक्षणका लागि आवश्यक पर्ने उपकरण समेत जोड्ने तयारी गरिरहेको बताए । उनले प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्री सँग भेटेर तत्काल कोरोना परीक्षण गर्ने मेसिन व्यवस्था गर्न भनेको र त्यहाँ बाट उपलब्ध नभएको खण्डमा स्थानीय तह र प्रदेश सांसदको सहयोगमा भए पनि मेसिनको जडान गरिने बताए । पिसिआर परीक्षण गरेको १६ दिन बितिसक्दा समेत हामीले रिर्पाेट दिन सकेको छैनौ जनतामा निराशा छाएको छ । पिसीभर परीक्षण गर्न जुम्ला सुर्खेत नेपालगन्ज जानु पर्ने बाध्यताको चाडै अन्त्य गर्ने तयारीमा आफू रहेको जानकारी दिए ।

यसरी निर्माण हुदैछ । भिडियो हेर्न तलको लिकमा क्लिक गर्नुहोस । भिडियोे शुशिला शाही थापाको फेसबुक बाट

Gepostet von Thapa Shahi Sushila am Donnerstag, 4. Juni 2020

error: Content is protected !!