Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुग्यो

सजगता अपनाउँन चिकित्सकको सुझाव

सुर्खेत :  कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा डम्बर खड्काले बताए। उनले बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो । यो संगै कर्णालीमा प्रदेशमा कुल संक्रमित संख्या २३ जना पुगेको छ ।
सबै प्रदेश भन्दा पछाडी कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशमा दैनिक रुपमा कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय समेत त्रसित बनेका छन । स्थानीयले भारत बाट आउनेलाई सिमा क्षेत्रमा क्वारेन्टाईन निर्माण गरि राख्ने माग समेत गरेका छन । भारत सरकारले सीमासम्म पुग्न सहज बनाइदिएपछि करिब २५ हजार कर्णालीबासी घर फर्किने अनुमान प्रदेश सरकारको छ ।