Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

लकडाउनले महिलामा पारेको प्रभाव

सुनिता चन्द
विश्वमा कोभिड १९ महामारी तीव्र रूपमा मौलाएको छ । विश्व आक्रान्त भइरहेको यस दुखद घडीमा दिन प्रतिदिन सङ्क्रमितको संंख्या दिन एक गुणा रात दुई गुणा बढिरहेको छ । विश्वमा मृत्यु हुनेको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । कोरोना संक्रमति भएकाहरू उपचार पछि निको भएर घर फर्केका छन् । यो महामारी बाट हामीले के बुझ्नु पर्ने हुन्छ भने यो सङ्क्रमण हुने बित्तिकै मृत्यु नै हुन्छ भन्ने मानस पटल बनाउनु हुँदैन । हाल सम्म औषधिको अन्वेषण कार्य जारी भएता पनि हाल सम्म पत्ता लाग्न सकेको अवस्था छैन ।

विश्वमा फैलिएको कोरोना भाइरस सङ्क्रमण लाई न्यूनीकरण गर्नका लागि सरकारले गत चैत ११ गते देखि महामारीको अवस्था विश्लेषण गरी जनताको सुरक्षाको सवाललाई मध्यनजर गर्दै लकडाउन ग¥यो । सरकारले कोरोना महामारीका लाई न्यूनीकरण गर्न लकडाउन प्रभावकारी भएको निष्कर्ष निकालेर पटक–पटक लकडाउन थप्दै गएको छ । तर जनताहरू एकै पटकको लामो समय लकडाउनको निर्णयले हतोत्साहित नहुने तरिकाले बिस्तारै बढाउँदै जाने क्रम जारी छ । आजभोलि स्कुल कलेज ,अफिसहरू बन्द भएका छन् । गाउँ घरमा सबै परिवार घरमा जम्मा भएका छन् । यो समयमा सहर बस्नेहरू धमाधम घर फर्किरहेका छन् । यो समयमा महिलाहरू झन् व्यस्त छन्, खाना ,नास्ता पकाउने ,सरसफाइ गर्ने ,लुगा धुने ,घरमा खाने कुराको जोहो गर्ने ,छोराछोरीको रेखदेख गर्ने ,सबै घरमा जम्मा भएकाले मिठो मिठो परिकार बनाउने खुवाउने ,खाने यो त घर भित्रको काम मात्र हो भने घर बाहिरको काम दाउरा ल्याउने,घाँस कटाने ,तरकारी लगाउने ,चार्ने , गोडमेल गर्ने ,गाई गोरुको रेखदेख ,कुँडो पानी गर्ने लगायतका काम देखि खेती वाली स्याहार्ने काममा व्यस्त छन् भने हाम्रा दाजु भाइ ,बुवा ,ससुरा,श्रीमान् ,छोराहरूलाई दिन बिताउन हम्मे हम्मे भइरहेको छ । बिहान उठेर चिया चौतारी जान पाएका छैनन् ,दौतरीहरु सँग पनि गफगाफ हुन नपाएको करिब तिन महिना हुन लागि सक्यो यसो बाहिर गयो भने सुरक्षाकर्मीहरुले आफ्नो डिउटीमा तल्लीन भएका देखिन्छन् र घरमा जानुहोस् भनेर फर्काइ दिन्छन् ।

केही पुरुषले खाना वा नास्ताका विभिन्न परिकारहरू बनाएर सामाजिक सञ्जालहरूमा पोस्ट गरेका देखिन्छन् न एक दिन पकाउँदा अचम्म लागेर होला सामाजिक सञ्जालमा पोस्ट गरेका । तर के गर्ने महिला राजनीतिमा जिम्मेवारी पोस्टको होस ,जागिरे होस , व्यापारी होस , उच्च पदमा काम गर्ने होस घरको काम नगरे सुक्खै छैन । आज मलाई खान पकाउन दिक्क लाग्यो थकाई लाग्यो भनेर पोस्ट गर्न सक्ने अवस्था छैन । यो एउटा बाध्यता नै होला ,जतिसुकै काम गरेर थाकेको अवस्था ,सामान्य बिरामी भएता पनि चुलो बाल्ने जिम्मा महिलाको भाग्यमा लेखेर आएको जस्तो सोच छ । महामारी आओस् कि अरू केही आओस् महिलाको अवस्था जस्ताको त्यस्तै छ । अव हामी कसरी विश्लेषण गरौँ ,कहाँ छ लैगिंक समानता हामीहरूले आफै विश्लेषण गरौँ ,कहा निर हुन्छ महिलाको श्रमको सम्मान जबकि महिला सरदरमा बिहान ५ बजे उठेर राति १० बजे सम्म कति काम गर्नु हुन्छ तर पनि महिलाहरू पुरुष सँग नै निर्भर रहेको अवस्था देखिन्छ यो चित्र वाट हामीले अनुमान गर्न सक्छौ विभिन्न परिवर्तनका ती व्यवस्थाहरू बडोमा मात्र सीमित नभएर हाम्रो आम चरित्रमा परिवर्तन हुन जरुरी छ यो भन्दै गर्दा सबै प्रतिशतमा त यसो पनि नहोला तर आम प्रवृत्ति विश्व महिला जगलाई हेर्दा र महिला सँग उब्जिएका केही सवालहरूको तस्बिर बाट यति भन्न सकिन्छ ।

error: Content is protected !!