Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख

३ लाख ४३ हजार ९ सय ८२ को मृत्यु

दैलेख :  विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५३ लाख ९७ हजारभन्दा बढी पुगेको छ। यस्तै ३ लाख ४३ हजार ६ सय आठ जनाको ज्यान गएको छ। सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाख ६६ हजारभन्दा बढी संक्रमित छन्। त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ। वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १६ लाख ६६ हजार ८ सय १ जनामा संक्रमण पुष्टि हुँदा मृतकको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ। यसैगरी रुसमा ३ लाख ३५ हजार ३ सय ८२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ। ब्राजिलमा ३ लाख ४७ हजार ३ सय ९८ जना संक्रमित छन् भने २२ हजार ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बेलायतमा २ लाख ८२ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ६ सय ७५ छ। स्पेनमा २ लाख ८२ हजार ३ सय ७० जना संक्रमित पुगेका छन्। त्यहाँ २८ हजार ६ सय ७८जनाको ज्यान गएको छ। इटालीमा ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ। त्यहाँ २ लाख २९ हजार ३ सय २७ संक्रमित रहेका छन्। भारतमा १ लाख ३१ हजार २ सय २३ जना संक्रमित रहेका छन भने त्यहाँ ३८ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ। विश्वभर २२ लाख ४४ हजार ८ सय ५२ जना संक्रमित निको भइसकेका छन्। विश्वमा ५३ हजार भन्दा बढी मानिको अवस्था गम्भीर रहेको छ।

error: Content is protected !!