भारतिय मिडियालाई नायिका पुजा शर्माको जवाफ मनिषा कोइरालाले बलिउडमा आफ्नै क्षमताले राज गरेकी हुन
काठमाडौँ : नायिका पूजा शर्माले नायिका मनिषा कोइरालाले बलिउडमा आफ्नै क्षमताले राज गरेको भन्दै भारतीय मिडियामाथि आक्रोश पोखेकी छिन् । सामाजिक संजालमा अहिले देशको सिमाना र मनिषा कोइरालाको ट्विटको बिषयमा कलाकारहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन् । नायिका शर्माले लेखेकी छिन्–मनिषा कोइरालाको ट्विटलाई लिएर भारतीय मिडियाहरु रोइलो गरिरहेका छन् । तर, उनीह्रुले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा पनि गरेनन् । पूजा अगाडि लेख्छिन्–‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानुभएको होइन, आफ्नो कलाकारितामा उभिएर खानुभएको हो । मनिषा दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रती टिठ लागेर आयो । उनले, कामको सिलसिलामा विश्वको जुनसुकै देशमा बसेपनि जब देश र आफ्नो जमिनको कुरा आउँछ, त्यतिबेला देशकै पक्षमा बोलिन्छ भन्दै लेखेकी छिन्–‘जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुछ्ने पराइलाई आमा भन्न सकिदैन, चेतना भया ।