Loading... आजः शनिबार, फाल्गुन १५, २०७७
Trending

अभिनेता राजेशले भने सार्वभौम राष्ट्रमाथि आँच नपुर्‍याउन आग्रह


काठमाडौ : अभिनेता राजेश हमालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएकोले भारतले यसलाई स्वीकार्नुपर्ने बताएका छन्। हमालले आफ्नो फेसबुक पेजमा एक भिडियो राख्दै भारतले एक सार्वभौम राष्ट्रमाथि आँच नपुर्‍याउन आग्रह गरेका हुन्। लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पूरा प्रमाण छ। हामी नेपाली विनम्रताका साथ अनुरोध गर्छौ कि भारतले तथ्य स्वीकार्नुपर्छ,’उनले भनेका छन्, ‘भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ। हमालले भारतले सत्य र तथ्यलाई नमानेको आरोप पनि लगाएका छन्। उनले अहिलेका नेपाली युवाहरू शिक्षित, सचेत भएको र नेपालीले न्याय अन्याय छुट्याउन सक्ने पनि बताएका छन्। पहिले हामी बोलेनौं तर अहिलेका युवाहरू निकै सचेत र शिक्षित भएका छन्, उनले भनेका छन्ने नेपालीले यतिबेला न्याय र अन्याय छुट्याउन सक्ने भएकाले भारतको विरोध भइरहेको छ।

error: Content is protected !!