नेपालमा कोरोना संक्रमितको संख्या ३०० नाघ्यो
रौतहट र बारामा थप ९ जनामा सङ्क्रमण पुष्टि,
काठमाडौ : पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार थप ९ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । पछिल्लो परीक्षण रिपोर्टअनुसार सङ्क्रमित हुनेमा रौतहट इशनाथ नगरपालिका २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरूष, रौतहट माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीया महिला र बारा करैयामाइ ५ निवासी ३८ वर्षीय पुरूष हुन ।