थप १० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २९१ पुग्यो
काठमाडौ : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ । अहिलेसम्म नेपालमा एकजनाको कोभिड–१९ बाट ज्यान गएको छ । आइतबार बिहान संक्रमण पुष्टि हुनेमा सबै रौतहटका बासिन्दा हुन् । रौतहटको राजपूर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९ ९दुईजना०, ४२ र ४८ वर्षका पुरुष तथा रौतहटकै इशनाथ नगरपालिका–३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष रहेको मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकरीले बताएका छन् । आइतबार संक्रमण पुष्टि भएका सबै १० जना हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । रौतहटमा भेटिएका १० जनासहित नेपालमा कोरोना संक्रमित संख्या २९१ जना पुगेको छ।