Loading... आजः सोमवार, माघ १२, २०७७
Trending

थप ६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौ  : शनिबार ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बर्दिया, सिराहा, पर्सा, सर्लाही, चितवनका थप ६ जनामा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको नार्खु११ की २८ वर्षीया महिला, सिराहा सखुवा १९ का ३० वर्षीय पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षीया महिलामा संक्रमण देखिएको छ । यस्तै, पर्साको वीरगञ्ज १२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर(४ की १८ वर्षीया महिला र चितवन गढौली १ की २५ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ । योसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ । अहिलेसम्म ३६ जना निको भएका छन्

error: Content is protected !!