Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

गायक हिमाल सागर लकडाउनले ७० दिनदेखि अमेरिकामा अलपत्र


काठमाडौ  : सांगीतिक कार्यक्रमका सिलसिलामा अमेरिका गएका गायक हिमाल सागर लकडाउनका कारण ७० दिनदेखि त्यहीँ ‘अलपत्र परेका छन् । आफू र आफूजस्तै अभरमा परेका नेपालीहरुलाई नेपाल फर्किने व्यवस्था मिलाउन सरकारसँग उनको आह्वान गरेका छन । अमेरिकामा बस्ने नेपाली समुदायको निमन्त्रणमा गत २८ फेब्रुअरीमा एक महिने यात्राका लागि उनी अमेरिका पुगेका थिए । नेपाली नयाँ वर्षका अवसरमा अमेरिकाका विभिन्न शहरमा उनले झण्डै एक दर्जन प्रस्तुति दिने कार्यक्रम थियो । त्यसबेला नेपालमा कोरोना थिएन भने अमेरिकामा फाट्टफुट्ट संक्रमित देखिन थालेका थिए