नेकपा स्थायी कमिटी बैठक स्थगित
कोभिड –१९ प्रभाव
काठमाडौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सबै सांसदहरुको कोरोना परीक्षण गरिएको भए पनि केही नेकपाका स्थायी कमिटी सदस्यहरुको परीक्षण नभएकोले बैठक स्थगित गरिएको उनले बताए । नेकपाका नेता भीम रावलको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । यो बैठक स्थगित भएको सूचना नेताहरुलाई दिइएपनि अर्को बैठकको मिति निश्चित गरिएको छैन ।