Loading... आजः बिहिबार, जेष्ठ ३, २०८१
Trending

पेस्तोल र गोलि लिएर भागेका प्रहरी जवान मृत अवस्थामा फेला

सुर्खेत : सोमवार राती ड्यूटीमा रहेको बेला हतियारसहित फरार भएका भनिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी चौकी आग्रीगाउँमा कार्यरत जवान नरेन्द्र खड्का कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी चौकी नजिकैको जंगलमा फेला परेका छन् ।सुर्खेतको चिंगाड गाउँपालिका तत्कालिन रानीवास गाउँ विकास समिति वडा नं ५घर भएका उनले आत्महत्या गरेको वा अन्य कुनै कारण हो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ । हतियार सहित फरार भएको सुचना प्राप्त भए संगै उनको खोजी गरिएको थियो ।