Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

चलचित्र ‘कोपिला डिसहोममा हेर्न पाइने

 

काठमाडौ  : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ। दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन्। बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा भन्दा पहिला आफ्नो टेलिभिजनमा हेर्न पाउने छन्। चलचित्रका निर्देशक शिभम अधिकारीले कोरोना भाईरसको कारण सिनेमाहल सञ्चालनमा आउन ढिलाई हुने भएका कारण लकडाउनमा बसेका दर्शकहरुको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानल मार्फत चलचित्र प्रर्दशन गराउन लागिएको बताए। चलचित्रमा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ। बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधि पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निर्देशक अधिकारीले बताए।