Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

दैलेखमा आठ सय ३६जनाको आरडिटि परीक्षण,सबैको रिर्पोट नेगेटिभ

दैलेख  : दैलेखमा हाल सम्म आठ सय भन्दा बिको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटि) परीक्षण गरिएको छ । देशका विभिन्न स्थान र भारत लगायतका तेस्रो मुलुक बाट आएर क्वारेन्टाइनमा बसेर घरमा फर्केकाहरूको आरडिटि परीक्षण गरिएको छ । यस्तै विभिन्न मुलुक बाट आएका एक सय जनाको स्वाब सङ्कलन गरी पिसिआर टेस्ट गरिएको र सबै जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखका इन्चार्ज डा निरञ्जन पन्तका अनुसार पिसिआर परीक्षणमा कसैको पनि कोरोना भाइरस(कोभिड–१९) नदेखिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अहिले सम्म ८३६ जनाको आरडिटि परीक्षण गरिएको र १ सय जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा कुनै पनि पनि कोरोना भाइरस सङ्क्रमण नभएको जानकारी दिए । उनले दैलेखमा जिल्लामा ८६१ क्वारेन्टाइन निर्माण गरिएको र ४० वटा आइसुलेसन वेब निर्माण गरी उच्च सतर्कता साथ जिल्लाले काम गरेका कारण पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार प्रदेश न ५ को नेपालगन्जमा कोरोना भाइरस सङ्क्रमण फैलिएपछि कर्णाली प्रदेश सरकारले नाका सिल ग¥यो हामीले पनि जिल्लाको नाका सिल गरेका छौ । अहिले जिल्लामा क्वारेन्टाइनमा बस्न संख्या १४ रहेको छ । जिल्लामा विभिन्न मूलक बाट १५ सय भन्दा बढी नागरिक जिल्लामा भित्रिएको भन्दै आरडिटि परीक्षणलाई तीव्र गतिमा लैजान र त्यसको परीक्षणको दायरा लाई फराकिलो बनाउन जिल्लाका सबै सरोकारवाला निकायले माग गरेका छन् । उनीहरूले सरकारले आरडिटि र पिसिआर परिक्षणका लागि आवश्यक किटको व्यवस्थाका लागि स्थानीय सरकारले अगुवाइ गर्न माग गरेका छन् ।