Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

कर्णालीमा प्रदेशमा नाकाबन्दि अनिश्चितकालीन

सुर्खेत : कोरोना भाइरस (कोभिड –१९) को जोखिम बाट बच्नका लागि कर्णाली प्रदेश सरकारले अघिल्लो साता गरिएको नाकाबन्दि(सिल) अनिश्चितकालका लागि लम्ब्याइएको छ । वैशाख २२ गते बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले सात दिन नाका सिल गर्ने निर्णय गरेको थियो । उक्त निर्णयानुसार प्रदेश भित्रिने सबै सिमा(नाका बन्द गरिएको थियो । अब अर्को निर्णय नहुँदासम्मको लागि नाकाबन्दी जारी रहने प्रदेश विपद व्यवस्थापन केन्द्रका सदस्य सचिव लक्ष्मीकुमारी बस्नेतले जानकारी दिइन् । छिमेकको प्रदेश नं ५ को नेपालगञ्जमा कोरोना संक्रमित भेटिएपछि कर्णालीका सबै सिमा बन्द गरिएको हो । कोरोना संक्रमित नभेटिएको कर्णाली एक्लो प्रदेश हो । अन्य ६ वटै प्रदेशमा संक्रमित फेला परिसकेका छन् । अहिले सम्म नेपालमा १ सय १० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।