Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

कालि नदिको मुहानयताको भुभाग नेपालकै हो :मन्त्री ज्ञावली

काठमाडौ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिम्पियाधुरास्थित काली नदीको मुहानयताको भूभाग नेपालकै भएको बताएका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट संसदलाई जवाफ दिँदै ज्ञवालीले यस्तो बताएका हुन । सन् १८१६ मा भएको सुगौली सन्धिलाई भारतले भुल्नु हुँदैन। त्यसयता भएका पटक पटकका सन्धि सम्झौताले लिम्पियाधुरायताको सबै भूभाग नेपालको भन्ने कुरा प्रष्टसँग बोलेका छन् उनले भनेका छन । नेपालले प्रमाणसहित यस बारेमा आफ्नो कुरा जानकारी गराइरहँदा भारतले बेवास्ता गरिरहेको छ। हामीले कूटनीतिक नोटसमेत पठाइसकेका छौँ। तर उसले हाम्रा कुरालाई नजर अन्दाज गरिरहेहको छ। मन्त्री ज्ञवालीले राष्ट्रियहितमा दृढतापूर्वक रहेर नेपाली भूमि अतिक्रमणको समाधान कूटनीतिक तहबाटै हुनुपर्नेमा पनि जोड दिएका छन्। ‘नेपालले पटक पटक ध्यानाकर्षण गराउँदा गराउँदै भारतले नोभेम्बर २, २०१९ मा नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ। यो कदम झनै बेठीक छ।’ सुगौली सन्धिले नेपालको पश्चिम सीमाना काली नदीको सीमासम्म भएको प्रष्ट पार्दै उनले लिम्पियाधुरायताको भूभाग नेपालकै भएको जिकिर गरे। ‘सन् २०१४ मै समाधानका लागि मन्जुर भएको भारतले औपचारिक जवाफसमेत नदिइ बाटोको उद्घटान गरेकोमा सरकारको ध्यान गम्भिर भएको बताए ।