Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

आयुर्वेदिक औषधि प्रयोगले ७२ वर्षीयाले परास्त गरे कोरोना

 

विराटनगर  : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो (गिलाइ) संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँने गरिएको हो । आयुर्वेदिक विभागले प्रदेश सरकारलाई उपलब्ध गराएको औषधिहरुलाई कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका संक्रमितहरुका लागि प्रयोग गरिएको छ । सुरुमा हामीले उहाँहरुको खानपान र स्याहरसँगै आवश्यक पर्दा न्यूनतम (एलोपैथ) औषधि चलाएका थियौं, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा संगिता मिश्राले भनिन पछिल्लो केहि दिनदेखि तीन प्रकारको आयुवेर्दि औषधि समय मिलाएर सेवन गराईरहेका छौं ।
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बृद्धि गर्दा संक्रमितहरुले कोरोना भाईरस परास्त गर्न सहज हुने चिकित्सकबीचको निष्कर्षका आधारमा आयुवेर्दिक औषधि सेवन गराउन थालिएको हो । सामाजिक विकास मन्त्रालयले आयुवेर्दिक औषधीलाई समेत सेवन गराउँदा उनीहरुको स्वास्थ्यमा सुधार हुनसक्ने सुझाव चिकित्सकहरुलाई दिइएको हो । आयुवेर्दिक औषधिको सेवन गराउन थालेसँगै उदयपुर त्रियुगा नगरपालिका–३ स्थित भुल्केस्थित मस्जिदमा कोरोना संक्रमित  भएका विराटनगर–१७ का ७२ वर्षिया आईमन मियाँ र ६० वर्षिया इजरायल मियाँले समेत कोरोनालाई परास्त गर्न सफल  भएका हुन । उनीहरु शुक्रवारनै अन्य संगै डिस्चार्ज भएका छन । साभार गोरखापत्र