Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कोरोना सन्त्रास सँगै किसानलाई खेती भित्राउने चटारो

मौसमको डरले चिन्तित किसान

मेरो कर्णाली
दैलेख,वैशाख २० गते ।

दैलेखको भगवतिमाई गाउँपालिका वडा न ः ४ जगनाथमा सामाजिक दुरी कायम गर्दै गहुँ काट्दै । तस्बिर कृष्ण प्रसाद अधिकारी

मुलुक विश्व भरी फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण बन्दा बन्दीको अवस्थामा रहेको बेला दैलेखका अधिकांश गाउँका कृषकलाई भने कोरोनाको सङ्क्रमणको सन्त्रास सँगै खेती स्याहार्न र लगाउँन हैरान परेका छन् । बारीमा पाकेको गहुँको बाली स्याहार्न व्यस्त भएका किसानका लागि कोरोनाको सन्त्रास भन्दा पनि घर भित्राउने तयारीमा रहेको खेती असिना पानीले फाल्ने हो की चिन्तामा रहेका छन् ।
जिल्लाको भगवतिमाई गाउँपालिका वडा न २ का मणिराम शर्माले गाउँमा रहेको किसानलाई कोरोनाको सन्त्रासले भन्दा बढी मौसमले समस्या सिर्जना गरेको बताए । उनले गहुँ बारी बाट काटेर घर ल्याउँदा समेत दायी हाल्न नपाएको भन्दै खेतमा लगाएको गहुँ असिनाले फाल्ने चिन्तामा रहेको बताए । भगवतिमाई गाउँपालिका वडा न ४ जगनाथका राम बहादुर विकले सहरमा भएका सबै गाउँमा फर्किन थालेपछि सहर भन्दा पनि गाउँमा कोरोनाको सन्त्रास बढेको बताए । उनले भने कोरोनाको सन्त्रास भए पनि खेतबारीमा पाकेको वाली स्याहार्न जानै बाध्यता भएका कारण पनि गाउँमा किसान समस्यामा भएको बताए ।
कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय दैलेखका कार्यालय प्रमुख तिलक पाण्डेले विश्व कोरोना भाइरसका कारण लकडाउनको अवस्थामा रहँदा गाउँका किसान समस्या परेको बताए । उनले भारत लगायतका तेस्रो मूलक बाट घर फर्केकाहरूका कारण गाउँमा समेत सन्त्रास फैलिएको र किसानले उत्पादन गरेका तरकारी समेत घरमै नष्ट हुने अवस्था आएको बताए । उनले भने किसानले उत्पादन गरेका तरकारी पछिल्लो समय कृषि विकास कार्यालय दैलेख दैलेख बाट गाडी लिएर बजार सम्म पु¥याउने गरेको बताए ।