Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

मास्कको भरमा सुरक्षा दिँदै प्रहरी

दैलेख,वैशाख १७ गते ।

विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९)का कारण मुलुक बन्दा बन्दीको अवस्थामा रहँदा जनताको सुरक्षामा खटिने प्रहरी मास्कको भरमा सुरक्षामा खटिन बाध्य भएको पाइएको छ । गृह मन्त्रालय लगायत आफ्नो संस्थागत च्यानल बाट प्राप्त भएका मास्क सेनीेटाइजर र अन्य पीपीइ आए पनि प्राप्त मात्रमा उपलब्ध हुन नसक्दा समस्या उत्पन्न भएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जिल्लामा कोरोनाको सङ्क्रमण भएको कुनै व्यक्ति नभएका कारण पनि प्रहरीले मास्कको प्रयोग गरेर सुरक्षा दिइरहेको भए पनि जिल्लामा सङ्क्रमण भएको खण्डमा प्रहरीलाई समेत सुरक्षा दिन समस्या हुने बताए । उनले आफ्नो कार्यरत संस्था मात्र होइन विभिन्न सरकारी,गैरसरकारी र विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूको सहयोग मास्क सेनिटाइजर,प्राप्त भएका कारण अहिले सुरक्षा दिन सकिएको बताए ।
उनले जिल्लामा ३ सय ८६ जना प्रहरीको दरबन्दी भए पनि दरबन्दी अनुसारको प्रहरी नभएका कारण प्रहरीलाई सुरक्षा दिन समस्या भएको भन्दै एक जना प्रहरीले १८ घण्टा सम्म पनि सेवामा खटिनु परेको बताए । जिल्लाका विभिन्न सीमा नाकामा रहेको प्रहरीलाई बढी समस्या हुने गरेको बताए । जिल्लामा लकडाउनको पूर्ण रूपमा कार्यान्वयन भए पनि गाउँमा भने अलि समस्या हुने गरेको उहाँले जानकारी दिए । प्रहरीले दिने शान्ति सुरक्षा अमनचैन सँगै यो कोरोना भाइरसका कारण थप प्रहरीमा जिम्मेवारी थपिएका कारण जिल्लामा भएका प्राप्त स्रोत साधनको उचित प्रयोग गर्दै प्रहरीलाई उच्च मनोबलका साथ सुरक्षामा खटाइएको उहाँले जनाए ।

error: Content is protected !!