Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

तनहुँमा बस दुर्घटना : दुईको मृत्यु, १७ जना घाइते

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका-३ स्थित थानीमाइमा अनियन्त्रित भइ सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो ।

बस दुर्घटना हुँदा  घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ निवासी ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ । बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

थापाको घटनास्थलमा तथा गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मुत्यु भएको हो । बसमा सवार २५ मध्ये १७ यात्रु घाइते भएका छन्। सबैको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।हिलो बाटोमा चिप्लिँदा दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ।