Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

मेचु धिमाललाई सुनझोडा माविको रजतजयन्तीमा सम्मान

काठमाडौं । मोरङको उर्लाबारी–२ स्थित सुनझोडा माध्यमिक विद्यालयको २५ औं वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा चर्चित रियालीटी शो द भ्वाइस अफ नेपालको उत्कृष्ठ आठमा पर्न सफल मेचु धिमाललाई सम्मान गरिएको छ ।

रजतजयन्तीको अन्तिम दिन बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा पुर्व विद्यार्थी समेत रहेकी मेचुलाई सम्मान गरिएको हो । उनलाई विद्यालयको तर्फबाट उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सम्मानपत्र प्रदान गरेका थिए ।