Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

‘द लिडर’को निर्णायकमा पूर्वप्रधानमन्त्री भट्टराई र पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । नयाँ रियालिटी शो ‘द लिडर’ यो राष्ट्रको सेवक कार्यक्रम सञ्चालनमा आउने भएको छ। ‘द लिडर’ विश्वमा नै पहिलो पटक सञ्चालनमा आउने लागेको रियालिटी शो कार्यक्रम हो।

नयाँ रियालिटी शो लाई ‘हु वान्ट्स टु वि अ मिलियनर्स’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आयोजक संस्था एसआरविएन मिडियाले गर्नेछ। न्युज २४ र रमाइलो एचडी टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘गुन्द्रुक’ एपबाट पनि हेर्न र सुन्न सकिने अयोजकले जनाएको छ।

अन्य सांगीतिक तथा मनोरञ्जनात्मक रियालिटी शो जस्तै ‘द लिडर’ले देशका लागि सक्षम र योग्य नेताको चयन गर्ने अयोजकले बताएको छ।

बिहीबार काठमाडौंका होटेल अन्‍नपूर्णमा एक पत्रकार सम्मेलन गर्दै आयोजकले रियालिटी शोका बारेमा जानकारी गराएको हो।

सञ्चारकर्मी रवि लामिछानले होस्ट गर्ने कार्यक्रममा ५ जना निर्णायक रहने छन्। जसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधिस शुसिला कार्की, पूर्वसञ्चारकर्मी तथा नेता रविन्द्र मिश्र रहनेछन् भने अन्य दुई निर्णायकको नाम आयोजकले केही समयपछि खुलाउने बताएको छ।

नेता भएपनि राजनेता नभएकाले देशका कुनाकुनामा गएर त्यस्ता प्रतिभावान व्यक्तिहरूको खोजीका खातिर सञ्चालनमा ल्याउन लागिएको कार्यक्रम करिब ३० देखि ३५ हप्तामा सम्पन्न हुने छ।

कार्यक्रम कुन मितिबाट सञ्चालनमा आउँछ भन्ने नखुलाएपनि, अडिसनका लागि तयारी भइरहेको आयोजकले जनाएको छ।

देश तथा विदेशमा रहेका राष्ट्र हाँक्नसक्ने प्रतिभाको खोजी गर्ने कार्यक्रमका लागि अडिसनबाट उत्कृष्ट १० जनालाई कार्यक्रममा समावेस गरिनेछ। जसअन्तर्गत विजेता एकजनाले काठमाडौंमा एउटा आकर्षक अपार्टमेन्ट, ब्रान्डेड गाडी र २० लाख रुपैयाँ नगद प्राप्त गर्ने छ।