Loading... आजः आइतवार, फाल्गुन १६, २०७७
Trending

सागमा स्वर्ण विजयी खेलाडीलाई राष्ट्रपति भण्डारीको बधाई

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद साग मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गर्नु भएको छ । राष्ट्रपतिले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गर्नु भएको छ ।
साथै उहाँले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिनु भएको छ । राष्ट्रपतिले उक्त प्रतियोगिताबाट दक्षिण एशियाली मुलुक र जनता बीचको सम्बन्ध थप प्रगाढ भएको महसुस आफूले गरेको पनि बताउनु भएको छ ।

error: Content is protected !!