Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

१ हजार ९६ पदमा आवेदन माग ः लोकसेवा आयोग

भक्तपुर । लोकसेवा आयोगले निजामती सेवाको शाखा अधिकृत वा सो सरह पदका लागि १ हजार ९६ पदमा आवेदन माग गरेको छ । आयोगले आज सूचना निकालेर निजामती सेवाका विभिन्न सेवा समूह अन्तर्गत खुलातर्फ ४ सय १९, बढुवा तर्फ ३ सय २८, आन्तरिक प्रतियोगितातर्फ ३, महिलातर्फ ३ सय ४९, आदिवासी जनजातीतर्फ ९१, मधेशीतर्फ ८१, दलिततर्फ ३१, अपाङ्गतर्फ १७ र पिछडिएको क्षेत्रका लागि १५ पदका लागि विज्ञापन गरेको हो ।
प्रशासन सेवाअन्तर्गत सामान्य प्रशासन समूहका लागि ५ सय ६० पद माग गरिएकोमा बढुवामा १ सय ६८ रहेको छ । यसैगरी प्रशासन सेवा राजस्व समूहमा ६९ पद माग गरिएकोमा बढुवातर्फ २० रहेको छ ।