Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

विश्व पर्वत दिवस आज

भक्तपुर । आज डिसेम्बर ११, विश्वभरी नैे पर्वत दिवस मनाईदैछ । अग्ला अग्ला पर्वत र यसले प्राकृतिक जीवनमा राखेको आफ्नो महत्वपूर्ण योगदानको कदर गर्दै पर्वत दिवस मनाउन सुरु गरिएको हो । पृथ्वीको कूल भू–भागको ४५ प्रतिशत भाग पर्वतयूक्त छ । नेपालको भने कूल भू–भागको ४ सय ३५ प्रतिशत भू–भाग पहाडले ढाकिएको छ ।

जसको कूल १ सय ५५ प्रतिशत भू–भाग हिमाली क्षेत्रले ओगटेको छ ।
पर्वतीय क्षेत्रमा हुने अव्यवस्थित बसोवास तथा पानीका श्रोतहरूमा भइरहेको अनेक विकास निर्माणका कार्यहरूले अनावश्यक रूपमा प्राकृतिक सन्तुलनमा असर गरिरहेको प्रकृतिविद्हरुले बताएका छन् । रूख कटानी, डाँडाकाँडा सम्म पारिनु, ठूला ढुङ्गा, नदिनाल, गीट्टी बालूवा विहिन बन्दै गइरहँदा प्रकृतिमा असर परिरहेको छ । हिमाल र नदिनालाको संरक्षणमा विशेष जोड दिन आग्रह गर्दै आज पर्वत दिवस मनाइदैछ ।