Loading... आजः बिहिबार, कार्तिक ४, २०७८
Trending

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा नेकपाको सानदार जित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपा विजयी भएको छ। शनिबार भएको निर्वाचनमा नेकपाका केदारनाथ आचार्य ७१२ मतका साथ विजयी हुनुभएको हो। आचार्यले नेपाली कांग्रेसका अशोक तामाङलाई हराउनु भएको हो ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका अशोक तामाङले ४३९ मत ल्याए। राप्रपा संयुक्तले १२, राप्रपा नेपालले ३ मत पायो। कुल खसेको ११७५ मध्ये ९ मत बदर भएको थियो।

उक्त वडामा एक हजार चार सय चार मतदाता रहेकोमा एक हजार एक सय ७५ मत खसेको मतदान अधिकृत कृष्णमणि फुँयालले बताए । दुई सय २९ मत मात्र खसेन । मतदाताले उत्साहजनक ढंगले मतदानमा सहभागिता जनाएको उनले बताए । उनका अनुसार भोट खसाल्न बिहानैदेखि मतदाताको भिड लागेको थियो । दिउँसो २ बजेतिर भिड पातलिँदा ७५ प्रतिशतभन्दा बढी मत खसिसकेको थियो । स्थानीय चन्द्रावती आधारभूत विद्यालयलाई मतदानस्थल बनाएर दुईवटा केन्द्रबाट मत खसाल्ने व्यवस्था मिलाइएको थियो ।

error: Content is protected !!