मेचु धिमाललाई भ्वाईस अफ नेपालमा जिताउन पूर्वका बिभिन्न ठाउँमा अभियान शुरु
काठमाडौं । चर्चित रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन २ ’ मा टप १२ मा पुग्न सफल मोरङ उर्लाबारीकी मेचु धिमाललाई बिजय गराउने उदेश्यले ‘मेचु धिमाल जिताउ अभियान समिती गठन गरिएको छ ।
मोरङको उर्लाबारीस्थित धिमाल जाति विकास केन्द्रमा भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्वजित भण्डारीलाई जिताउ अभियानको संयोजकमा चयन गरेको छ ।
अभियानको सहसंयोजकमा भिष्म बुढाथोकी,सचिवमा मातृका धिमाल, सह—सचिवमा सविता धिमाल, अर्थसचिवमा बिजय धिमाल र प्रचार प्रसार संयोजकमा तेजन खड्का रहेका छन् ।समितीको सदस्यमा रोमान्सी धिमाल,राजेन्द्र धिमाल,शंकर निरौला,लक्ष्मीकुमार तामाङ लगायत रहेका छन् ।समितीको संरक्षकमा उर्लाबारीका मेयर खड्गबहादुर फागो,उपमेयर लक्ष्मीदेवी भण्डारी र धिमाल जाति विकास केन्द्र र सञ्चार क्लव नेपाल रहेको छ ।
अभियानका संयोजक सर्वजित भण्डारीले उर्लाबारीको चेली मेचु यो स्थान पुग्न सफल भएकोमा खुशी प्रकट गर्दै भोट गरेर बिजय गराउन अपिल गर्नुभएको छ । उर्लाबारी लगायत बिभिन्न गाउँटोल र संघसंस्थासँग सहकार्य गरेर मेचुलाई जिताउन अघि बढ्ने उहाँको भनाई छ । समिती गठन कार्यक्रममा मेचुको बुबा सन्तुलाल धिमाल र आमा गीताकुमारी धिमालको पनि विशेष उपस्थिती रहेको थियो भेला धिमाल जाति विकास केन्द्रका महासचिव केदार धिमालको सभापतित्वमा भएको थियो ।