Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

दक्षिण एसियाका मुलकको दुरी कम गराउन समानता र सहिष्णुतामा जोड दिउँ: सहमहामन्त्री महत

काठमाडौं । भारत,केरला कार्तिक २२ नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले दक्षिण एसियाका विभिन्न मुलुकहरूमा आपसी सम्झदारी,भाइचारा,समानता र सहिष्णुता बढाएर दक्षिण एसियामा भएका देश र जनता बिचको दुरीलाई कम गर्नुपर्ने बताएका छन। सह महामन्त्री महतले भाइचाराको बिकाश गर्न सके दक्षिण एसियाली मुलुकहरूको सम्बन्ध समधुर बन्ने बिश्वास व्यक्त गरे। आज भारतको केरलामा सुरु भएको साफको २९ औ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले एक अर्काको धर्म सँस्कृती र रितिरिवाजलाई सम्मान गर्दै फरक समुदायका बिचमा पनि समानता खोज्नु पर्नेमा जोड दिएका छन। कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सहमहामन्त्री महतले गौतम बुद्धको जन्म भएको देशमा हिन्दु,बौद्ध,इसाई,मुस्लिम लगायतका विभिन्न धर्महरु बिचको सहिष्णुता अनुकरणीय रहेको औल्याय। धार्मिक सहिष्णुता बिना कतै पनि शान्ति नआएको भन्दै शान्तिका लागि धार्मिक सहिष्णुता आवस्यक पर्ने सहमहामन्त्री महतले जिकिर गरे। सहमहमन्त्री महतले यस्तो खालको भातृत्व र सद्भाव बिश्वभर फैलिन पनि जरुरी रहेको निस्कर्ष निकाले। उनले एउटा समुदायले अर्को समुदायलाई र एउटा धर्मले अर्को धर्मलाई सम्मान गरेर मात्रै बिश्वमा शान्ती प्राप्त हुने जिकिर गरे। साफको सम्मेलनको अध्यक्षता भारतका प्रसिद्ध चिन्तक श्री सत्य पालले गरेका थिए भने सम्मेलनमा नेपाल,भारत,बंगलादेश, श्रीलंका, भुटान लगायतका मुलुकबाट भाग लिन १५० जना प्रतिनिधि भारतको केरलामा पुगेका छन।