Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

अफगानिस्तानविरुद्ध भिड्दै नेपाल

 

इरानमा । जारी एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले आज अफगानिस्तान विरुद्ध प्रतिष्पर्धा गर्दे छ। प्रतियोगिताको छनोट चरणबाट बाहिरिसकेको नेपाल अन्तिम खेलमा जित निकाल्ने दबाबमा हुने छ। नेपाल र अफगानिस्तान एकअर्काबिच दिउँसो ३.१५ बजे प्रतिष्पर्धा गर्ने छन्। इरानको उर्मियामा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धामा उत्रंदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ। प्रतियोगितामा नेपाल पहिलो अंकको खोजिमा रहेको छ। प्रतियोगितामा अफगानिस्तान तुलनात्मक रुपमा सहज पतिद्वन्द्वीका रुपमा रहेको छ। अफगानिस्तानविरुद्ध नेपाल जित निकाल्दै छनोटलाई सुखद अन्त गर्ने चाहानामा रहेको छ। छनोटको सेन्टर र साउथ जोनको समूह ए’ मा रहेको नेपालले २ खेल सकिंदा अंक जोड्न सकेको छैन। छनोट पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० ले पराजित हुँदा दोस्रो खेलमा उज्वेकिस्तानसँग ४–१ ले पराजित भएको थियो। अफगानिस्तान पनि पहिलो जित र पहिलो अंकको प्रयासमानै रहेको छ। अघिल्ला दुई खेलमा हार व्यहोरेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिसकेकाले उसका लागिपनि नेपालसँगको प्रतिष्पर्धा प्रतिष्ठाका लागिमात्र हुने छ। उज्वेकिस्तान र ताजिकिस्तानले भने फाइनल चरणमा स्थान बनाएका छन्। फाइनल चरणको खेल फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ।