Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

राष्ट्रपति विद्यादेवी भण्डारी एक साता लामाे भ्रमणका लागि म्यानमार प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी एक साता लामाे भ्रमणका लागि म्यानमार प्रस्थान गर्नुभएको छ । हेलिकाेप्टरबाट विमानस्थल पुग्नुभएकी भण्डारी १०ः४० बजे म्यानमारतर्फ प्रस्थान गर्नुभएकाे हाे ।

बिहान कार्यालय समयमा सडकमार्गबाट विमानस्थल जाँदा सडक अवरुद्ध हुने भन्दै उहाँ हेलिकोप्टरमा चढेर विमानस्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका समकक्षी विन माइन्टको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे ।

भ्रमणमा उहाँले राष्ट्रपति विन र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्धबारे छलफल गर्नु हुनेछ । राष्ट्रपति भण्डारीले नेपाली मुलका म्यानमारका नागरिकहरुसँग समेत पायन यु लायनमा भेट्ने कार्यक्रम छ ।