Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

सीले चीन भ्रमणको निम्तो दिनुभएको छ : देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफूलाई चीन भ्रमणको निम्तो दिएको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान समारोहमा बोल्दै देउवाले यस्तो बताएका हुन्।

देउवाले राष्ट्रपतिको निम्तो पाएकाले आफू चीन जाने उल्लेख गरे। ‘चिनियाँ राष्ट्रपति सीले मलाई चीन भ्रमणको निम्तो दिनुभएको छ’, उनले भने, ‘म चीन भ्रमणमा जान्छु।’

उनले चिनियाँ राष्ट्रपतिको ऐतिहासिक भ्रमणको कांग्रेसले स्वागत गरेको उल्लेख गरे। ‘सीको भ्रमणलाई कांग्रेसले स्वागत गरेको छ। दोस्रो पटक चीनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक भएको छ। पहिलो चिनियाँ राष्ट्रपति म पहिलो पटक प्रधनमन्त्री हुँदा आउनुभएको थियो’, उनले भने, ‘एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध छ। नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन दिँदैनौं।’

अन्नपूर्ण