Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा परेको हो।

सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सातजनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको जनाइएको छ ।

बस सडकबाट २ सय मिटर तल खसेको थियो । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

स्थानीय राजेन्द्र आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने छ । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उहाँको भनाइ छ ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारको लागि लगिएको स्थानीय एवम नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिए । छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रुहरु बसमा रहेको अनुमान गरिएको छ ।

हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रुबढी भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

 

सिन्धुपाल्चोकको भोटसिपामा बस दुर्घटना, कम्तीमा सातको मृत्यु, ५० बढी घाइते