Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी

कोरिया। गैरआवासीय नेपाली संघ NRNA दक्षिण कोरियाको सउलमा आज भएको ७ औँ अधिवेशनको अध्यक्ष पदमा यज्ञराज सुवेदी अत्याधिक मतले बिजयी हुनु भएको छ । उहाँले ७९४ मत ल्याएर बिजयी हुनु भएको हो। वरिष्ठ उपाध्यक्ष पदमा दिपक पुन बिजयी भएका छ्न भने उपााध्यक्ष पदमा क्रमश सोम तामाङ, सन्जिब राई र यदु लामिछाने रहेका छन। आइसिसी एनआरएनए कोरियाबाट सदस्यामा ओम जुग्जाली र लक्ष्मी लामा गुरुङ निर्विरोध चयन भएका हुन । महा-सचिवमा बिमल सुवेदी र सचिवमा राजकुमार स्याङ्ताङ र मनोज गौतम बिजयी भएका छन् । यसैगरी कोषाध्यक्षमा चन्द्र राना बिजय भएका हुन भने सह -कोषाध्यक्षमा सन्तोष खड्का निर्बाचित हुनु भएको छ । युवा संयोंजकमा अरुण श्रेष्ठ निर्वाचित हुनुभएको छ भने अन्य सदस्यहरु पनि निर्बिरोध चयन भएका छ्न।

हेर्नुहोस फोटो फिचर